दफा १३५
कसूरसँग सम्बन्धित चल अचल सम्पत्ति जफत हुने

यस परिच्छेद अन्तर्गतको कुनै कसूर भएकोमा त्यस्तो कसूरसँग सम्बन्धित हातहतियार र खरखजाना र त्यस्ता हातहतियारकोउत्पादन गर्ने, निर्माण गर्ने, राख्ने वा ओसार पसार गर्ने, यन्त्र, उपकरण, औजार वा सवारी साधन र त्यस्तोहातहतियार वा खरखजानाको खरिद बिक्रीबाट प्राप्त रकम र त्यसबाट बढे बढाएको रकम जफत हुनेछ ।
तर ढुवानीको साधनवा सवारी साधनको धनीले हातहतियार वा खरखजाना ढुवानी भएको कुरा निजलाई थाहा नभएको प्रमाणित गरेमा त्यस्तो सवारीसाधन जफत हुने छैन ।